+
+

कालिकोटमा जलेर घाइते बालिकाको उपचारका क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १६:०४

४ चैत, सुर्खेत । कालिकोटमा आगोमा जलेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते १२ वर्षीया हेमन्ती चौलागाईंको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार दिउँसो ३ बजे गाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा खाँडाचक्रका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी छोरी हेमन्ती आगोले जलेर घाइते भएकी थिइन् ।

घाइते हेमन्तीको आइतबार दिउँसो १ : ४० बजे उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । उनका बुवा नन्दरामको पनि अवस्था गम्घिर रहेको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको डाक्टर पौडेलले जानकारी दिए ।

सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरु वनमा एक्कासी आगो लागेपछि निभाउन लागेका थिए । पछि जलेर घाइते भएका थिए ।

घाइते बाबुछोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म हुँदै शुक्रबार बेलुकी जुम्ला लागेर शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?