५ असार, काठमाडौं । कालिकोटमा एक जना पुरुषको हत्या आरोपमा पत्नी र छोरा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–९ सुपेचौरस्थित गोरेटो बाटोमा जेठ २७ गते साँझ साढे ८ बजे ४८ वर्षीय सूर्यबहादुर शाही मृत अवस्थामा फेला परेका थिए ।
उनको मृत्यु हत्याका कारण भएको खुलेको प्रहरीले जनाएको छ । सो हत्यामा संलग्न रहेको भन्दै प्रहरीले १८ वर्षीय छोरा रुपेश शाही र ४१ वर्षीया पत्नी राजकला शाहीलाई पक्राउ गरेको हो ।
पत्नी राजकला र छोरा रुपेशले टाउकामा ढुंगाले हानी हत्या गरेको खुलेको कालिकोट प्रहरीले जनाएको छ ।
दुवैजनामाथि कालिकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4