+
+

तस्वीरमा हेर्नुस् यूएईमाथि नेपालको जित

आर्यन धिमाल आर्यन धिमाल
२०८० कात्तिक ६ गते १५:२१

६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले चार खेल खेलेकोमा सतप्रतिशत जित निकालेको छ ।

हङकङ र यूएईसँग भएका दुई/दुईवटै खेल जितेर नेपाल फाइनल प्रवेश गरिसकेको छ । यी सबै खेल मुलपानी क्रिकेट रंगशालामा भएका हुन् ।

नेपालले यूएईसँगको दोस्रो खेल आज खेलेको हो । आजको खेलमा नेपाल यूएईमाथि ५ विकेटले विजय भयो ।

पहिलो क्रमका ब्याटर सस्तैमा गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो र जित हात पार्‍यो ।

आशिफ शेख र कप्तान रोहित पौडेलले सम्हालेको पारीमा छैटौं नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै जित पक्का गरे ।

यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।

नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले १५ बलमै ४० रन बनाए।

यूएईका मोहम्मद जवादुल्लाहले २, जहुर खान र अकिफ राजाले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।

   

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?