+
+
यू-१९ प्रिमियर कप :

नेपाल र यूएईको फाइनल खेल वर्षाले प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ७ गते १३:३२

७ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित भएको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा जारी नेपाल र यूएईबीचको फाइनल खेल प्रभावित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।

२८१ रनको लक्ष्य पछ्याउँदै यूएईले जवाफी ब्याटिङ गर्दा वर्षा भयो । यूएईको इनिङ्सको २ ओभर नसकिंदै पानी परेपछि खेल प्रभावित भयो ।

वर्षा रोकिएपछि केहीबेरमा पुन: खेल सुरु भयो । तर, ११ ओभर सकिंदा खेल फेरि प्रभावित भएको छ । र, वर्षा जारी भएकोले अहिले खेल सुरु हुने कुनै टुंगो छैन ।

खेल प्रभावित हुँदाको अवस्थामा यूएईले ११ ओभरमा दुई विकेट गुमाएर ५० रन बनाएको छ । कप्तान आएन अफ्जल खान र ध्रुव परशर क्रिजमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?