+
+

कीर्तिपुरमा क्रिकेट क्रेज (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते १२:४०

१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनल खेल टी-यू क्रिकेट मैदानमा जारी छ ।

टस हारेको नेपाले अहिले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ । टी-यू मैदानमा फाइनल खेल हेर्ने दर्शकको उत्साहजनक सहभागिता छ ।

दशैं बिदापछि फाइनल खेल भएकोले दर्शकको क्रेज देखिएको हो । आज सरकारी कार्यालय खुले पनि विद्यालयहरू सञ्चालनमा आइनसकेकोले दर्शकको संख्या उल्लेख्य रहेको छ ।

आजको खेलमा नेपालले राम्रो सुरुआत गरे पनि पछिल्लो क्रममा ब्याटरहरू सस्तैमा गुमाएको छ ।

यसअघिका सबै चार खेल जितेर नेपाल शृङ्खलाको फाइनलमा पुगेको हो । यूएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर फाइनल पुगेको हो ।

टी–२० आई हेड टू हेडमा नेपाल यूएईभन्दा अगाडि रहेको छ । नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?