+
+

दशैंमा २० हजारले घुमे चितवन निकुञ्ज, १ करोड ८५ लाख राजश्व संकलन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १८:२३
चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालित जिप सफारीको फाइल तस्वीर ।

१२  कात्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जले वडा दशैंकव बेलामा १ करोड ८५ लाख राजश्व संकलन गरेको छ ।

निकुञ्जका सूचना अधिकारी गोविन्दप्रसाद तिवारीका अनुसार दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपाली, सार्क देश, विदेशी तथा निकुञ्जमा चल्ने जीपबाट १ करोड ८५ लाख ४४ हजार ९ सय ५० राजश्व संकलन गरेको हो ।

सौराहा, कसरा, मेघौली, माडी, अमलटारी (नवलपरासी) र कुजौलीबाट जीप तथा पर्यटकहरु निकुञ्ज भ्रमणका लागि जाने गर्दछन् । सूचना अधिकारी तिवारीका अनुसार यो अवधिमा नेपाली १३ हजार २ सय ३३, सार्क देशका ७७९ र विदेशी ६ हजार ४८  गरी २० हजार ६० पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

पर्यटक बोक्ने जीप ७३७ पटक निकुञ्ज भित्र प्रवेश गरेका थिए । निकुञ्जले जीपबाट मात्रै ३६ लाख ८५ हजार राजश्व संकलन गरेको छ । निकुञ्ज भ्रमण गर्नेमा सौराहा सेक्टरबाट सबैभन्दा बढी पर्यटक छन् । यहाँबाट मात्रै १७ हजार ६ सय ३७ पर्यटकले निकुञ्ज भ्रमणमा गएका थिए ।

सौराहा क्षेत्रबाट मात्रै झण्डै ८८ प्रतिशत पर्यटक निकुञ्ज गएको देखिन्छ । नेपालीबाट निकुञ्ज जाँदा प्रति ब्यक्ति १५०, विदेशीलाई २ हजार, सार्क देशका पर्यटकलाई १ हजार, प्रत्येक जीपलाई एकपटक भित्र जाँदा ५ हजार लिने गरिन्छ । दसैंको बेला आएको पर्यटक र बढेको राजश्वले सकारात्मक अवस्था आएको सूचना अधिकारी तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?