+
+

राष्ट्रसंघका महासचिव गुटेरेसले गरे लुम्बिनी भ्रमण (तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १३:०६

१४ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

महासचिव गुटेरेसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वुद्धको प्रतिमा उपहार दिएका छन् ।

लुम्बिनीमा आफ्नो स्वागतमा आयोजित कार्यक्रममा महासचिव गुटेरेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले सम्बोधन गरेका थिए ।

लुम्बिनी विकास कोषका अधिकारीहरुले महासचिव गुटेरसलाई लुम्बिनीका विभिन्न स्थलको अवलोकन गराएका छन् ।

सो अवसरमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले संयुक्त रुपमा लुम्बिनीमा वृक्षरोपण पनि गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

सबै फोटाहरु : प्रधानमन्त्री प्रचण्डको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?