+
+

नेपाली टिममा एक परिवर्तन, दीपेन्द्र प्लेइङ ११ मा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १०:३९
फाइल तस्वीर ।

काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ ।

चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले सेमिफाइनलमा पुनरागमन गरेका छन् । उनी सन्दिप जोराको स्थानमा प्लेइङ ११ मा परेका हुन् ।

पहिलो खेलमा सिंगापुर विरुद्ध प्लेइङ ११ मा रहेका दीपेन्द्र खेलअघि वार्मअपका क्रममा घाइते भएपछि तीनवटै खेल गुमाएका थिए ।

दीपेन्द्रको एंकलमा चोट लागेको थियो । उनले यो प्रतियोगिता सबै गुमाउने सम्भावना थियो । तर बिहीबार ओमान विरुद्धको खेलअघि उनी मैदानमा आएका थिए र नेटमा प्राक्टिस पनि गरेका थिए ।

उनको अनुपस्थितिमा अलराउण्डर विवेक यादवले समूह चरणमा तीनवटै खेल खेलेका थिए ।

विवेकले ओमान विरुद्ध समूहको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ३९ रन बनाएका थिए । १४६ रनको लक्ष्य पछ्याउँदा अन्तिम ओभरमा जितका लागि नेपाललाई २६ रन चाहिएको बेला विवेकले बिलाल खानलाई सुरुको तीन बलमा लगातार छक्का हानेर नेपाललाई जित नजिक पुर्याएका थिए तर उनले खेल फिनिस भने गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?