+
+

प्रतिसेयर आम्दानीमा अगाडि देखियो स्ट्यान्डर्ड चार्टर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १३:०४

१७ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरुमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ३५ रुपैयाँ ११ पैसा छ ।

बैंकको नाफा सामान्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो वर्षको पहिलो त्रैमासमा ८२ करोड ७७ लाख रुपैयाँ कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी घटे पनि फी तथा कमिसन आम्दानी बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ४१ करोड रहेकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३८ करोड रुपैयाँ बराबर छ । निष्क्रिय कर्जा भने बढेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुल कर्जामा निष्क्रिय कर्जा ०.७७ प्रतिशत रहेकोमा यो त्रैमासमा १.१० प्रतिशत छ । समयमै उठ्न नसकेको बैंकको कर्जालाई निष्क्रिय कर्जाले जनाउँछ । बैंकको निक्षेपमा कर्जा अनुपात ७२ प्रतिशत छ, यसले बैंक थप कर्जा लगानीका लागि सहज अवस्थामा रहेको देखिन्छ । बैंकको आधार दर ८.४२ प्रतिशत छ । अन्य बैंकको तुलनामा यो बैंकको आधार दर न्यून रहेकाले कर्जा लिनेका लागि तुलनात्मक रुपमा कम ब्याज पर्न जान्छ ।

यसअघि गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको आधार दर ९.२६ प्रतिशत थियो । बैंकको प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ ९९ पैसा छ । बैंकको हाल सेयर मूल्य प्रतिकित्ता ५१७ रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले १९ प्रतिशत नगद लाभांश समेत घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?