+
+

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पारित गर्‍यो १९ प्रतिशत लाभांश

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १८:५६

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको १९ प्रतिशत लाभांश पारित गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले सञ्चालन इतिहासमै अहिलेसम्मकै उच्च ३ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो । साथै बैंकले पछिल्लो चार वर्ष यताकै उच्च लाभांशसमेत दिएको हो ।

आर्थिक वर्ष २०७५-७६ को मुनाफाबाट सेयरधनीलाई २२.५ प्रतिशत लाभांश दिएको बैंकले २०७६-७७ को मुनाफाबाट ११.८४ प्रतिशत, २०७७-७८ को मुनाफाबाट १३.०६ प्रतिशत र २०७८÷७९ को मुनाफाबाट १६.५१ प्रतिशत लाभांश दिएको थियो ।

गत आर्थिक वर्षमा बैंकको कर्जा विस्तार बैंकिङ प्रणालीको औसतभन्दा बढी ६.४ प्रतिशतले वृद्धि हुँदा निक्षेप संकलन २०.२ प्रतिशतले बढेको थियो ।

बैंकले गत आर्थिक वर्षमा सबै वित्तीय सूचकमा सुधार गर्दै धेरै नाफा कमाउने बैंकको छैटौं नम्बरमा पुगेको थियो । इक्विटीमा प्रतिफलको हिसाबले सबै वाणिज्य बैंकहरुमध्ये यो अगाडि रहेको छ । गत आर्थिक वर्षमा बैंकको इक्विटीमा प्रतिफल २०.८ प्रतिशत र प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८० पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म काउन्टर साइक्लिकल बफल अन्तर्गत थप ०.५ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्थाले वाणिज्य बैंकहरुमा पूँजीकोषमा दबाब हुँदा स्ट्यान्डर्ड चार्टर्ड भने सहज अवस्थामा छ । गत आर्थिक वर्षको अन्त्यसम्म  बैंकको पुँजीकोष अनुपात १७.१ प्रतिशत रहेको जनाएको छ ।

बैंक अधिकांश वित्तीय सूचकमा अगाडि रहेको छ । बैंकिङ प्रणालीमा निष्क्रिय कर्जाको दबाब बढेर गत असार मसान्तमा २.९८ प्रतिशत पुग्दा बैंकको एनपीएल भने १.१८ प्रतिशत मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?