News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष साउनमा बैंक तथा वित्तीय संस्थाको औसत आधार ब्याजदर १ प्रतिशत विन्दुसम्मले घटेको छ ।
- वाणिज्य बैंकहरूको औसत आधार दर ४.७२ प्रतिशत, विकास बैंकको ६.१४ र वित्त कम्पनीको ६.९५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
- साउनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.४८, विकास बैंकको ७.७० र वित्त कम्पनीको ८.५२ प्रतिशत रहेको छ ।
२ असोज, काठमाडौं । चालु आर्थिक वर्ष साउनमा बैंक तथा वित्तीय संस्थाको औसत आधार ब्याजदर १ प्रतिशत विन्दुसम्मले घटेको छ । वित्तीय क्षेत्रमा अधिक तरलता र कर्जाको न्यून मागका कारण आधारदर घटेको हो ।
२०८३ साउन मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.७२ प्रतिशत, विकास बैंक ६.१४ र वित्त कम्पनीको ६.९५ प्रतिशत छ । गत वर्ष साउन मसान्तमा क्रमश: ५.७८, ७.२८ र ८.८७ प्रतिशत थियो ।
गत साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.१५, विकास बैंक ३.५१ र वित्त कम्पनीको ४.१८ प्रतिशत छ । २०८२ साउनमा क्रमश: ४.०२, ४.६७ र ५.८५ प्रतिशत थियो ।
त्यसैगरी साउनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.४८, विकास बैंक ७.७० र वित्त कम्पनीको ८.५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०८२ साउन मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.७६, विकास बैंक ९.०९ र वित्त कम्पनीको ९.९८ प्रतिशत थियो ।
प्रतिक्रिया 4