+
+

फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न ललितपुर महानगरको टोली दिल्लीमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १४:३९

१७ कात्तिक, काठमाडौं । फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहितको टोली भारतको राजधानी दिल्ली पुगेको छ ।

भारत भ्रमणमा रहेका महर्जनले भारतको दिल्लीमा फोहोर व्यवस्थापन क्षेत्रको क्षेत्रमा उदाहरणीय काम भएको बताउँदै त्यसको अनुसरण नेपालले गर्नुपर्ने बताएका छन् ।

दिल्लीमा रहेको फोहोरमैला प्रशोधन केन्द्र हेरेपछि उनले भने, ‘यस्तो फोहोर प्रशोधन केन्द्र सबै पालिकालाई आवश्यक छ ,तर पालिका मात्रैको प्रयासले पुग्दैन ।’

महर्जनले राजधानीमा पनि फोहोर व्यवस्थापनको लागि उहाहरण लिएर काम गर्ने बताए ।

भारत सरकारको निमन्त्रणामा फोहोरमैला व्यवस्थापन, हरियाली प्रबर्द्धन, स्मार्ट सिटीका अन्य अवयवहरुका बारेमा भारतको विभिन्न सहरको अध्ययन गर्न १४ नम्बर वडा अध्यक्ष अमृतजंग महत र पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठसहित भारत पुगेका हुन् ।

दिल्लीमा फोहोर व्यवस्थापनका लागि ‘आरई सस्टेनिबीलिटी’ लिमिटेडले यो फोहोर मैला व्यवस्थावन केन्द्र सञ्चालन गरेको हो ।

यो प्रशोधन केन्द्रबाट २४ मेगावाट बिजुली समेत उत्पादन हुने ‘आरई सस्टेनिबीलिटी’ लिमिटेडका उपाध्यक्ष डीपी सिंहले मेयर महर्जनलाई जानकारी गराएका थिए । यो केन्द्रले प्रशोधित गरेको फोहोरबाट कम्पोष्ट मल बनाइन्छ । बिजुली उत्पादन गरिन्छ ।

प्लाष्टिकका सामान बनाउनका लागि आवश्यक कच्चा पदार्थ समेत यो प्रशोधन केन्द्रबाट उत्पादन हुन्छ । सिंहका अनुसार वार्षिक २० हजार मेट्रिक टन कम्पोष्ट मल उत्पादन हुन्छ । ५० किलोको मललाई २ सय ५० (भारु) पर्छ । फोहोरबाट बग्ने झोल ( लिचेत)को समेत केन्द्रमा प्रशोधन गरिएको छ । उक्त झोलबाट प्रशोधित भएर बनेको पानी बोट विरुवाका लागि प्रयोग गरिने केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?