+
+

प्रधानमन्त्रीलाई चिरिबाबुको पत्र-फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट स्थापना गरौं

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १३:२०

७ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न सहयोग माग गरेका छन् ।

१ नोभेम्बरदेखि ११ नोभेम्बरसम्म भारतका ५ वटा शहर नयाँ दिल्ली,अहमदाबाद, इन्दौर, पुने र गोरखपुरको फोहोर व्यवस्थापन हेरेर आएका मेयर महजर्नले प्रधानमन्त्रीलाई पत्र लेख्दै यस्तो माग गरेका हुन् ।

फोहोरमैला प्रशोधन गरी बिजुली, ग्याँस तथा मल उत्पादन गर्ने प्रशोधन प्लान्टको स्थापना गर्नु अहिलेको आवश्यकता भन्दै महर्जनले लेखेको पत्रमा भनिएको छ, ‘स्थानीय तहको लगानीले मात्रै प्रशोधन प्लान्ट स्थापना गर्न नसकिने र ती प्लान्टलाई एक वा दुईवटा पालिकाको फोहोर मात्रै पर्याप्त नहुने देखिएकाले संघीय सरकारले स्थानीय सरकारलाई साथमा लिएर फोहोरमैला प्रशोधन प्लान्ट स्थापनाका लागि नेतृत्व लिनुपर्ने देखिएको छ ।’

उनले साjlकको ल्याण्डफिल साइटमा रहेको पुरानो फोहरको व्यवस्थापन समेत गर्नुपर्न बताएका छन् ।

‘ओखरपौवामा रहेको पुरानो फोहोरलाई व्यवस्थापन गरी उक्त साइटलाई सामुदायिक पार्क वा सामुदायिक वनको रुपमा रुपान्तरण गर्नु अत्यावश्यक छ । पार्क वा वनको अवधारणाले वातावरण संरक्षणसँगसँगै मानवस्वास्थ्यको समेत ख्याल हुने भएकाले तत्काल आवश्यक पहलकदमीका निमित्त हार्दिक अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

उनले पुरानो ल्याण्डफिल साइटको फोहोरको उचित व्यवस्थापन हुन सकेमा नयाँ ल्याण्डफिल साइट (बन्चरे डाँडा) क्षेत्रका जनतामा रहेको नकारात्मक धारणालाई हटाउन सकिने समेत बताएका छन् ।

हेर्नुस पत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?