+
+
Shares

सरकारसँग चिरिबाबुको माग : सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गरियोस्

महर्जनले सम्पदा निर्माण/पुनर्निर्माणमा समस्याको रूपमा देखिएको सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा निर्माणमा सहजता ल्याउन सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरे।
  • मेयर महर्जनले मठ, मन्दिर, शिवालय निर्माणका लागि सार्वजनिक खरिद ऐनमा विशेष दफा जोड्नुपर्ने बताए।
  • उनले ललितपुर महानगरपालिकाभित्रका सबै सम्पदाको पुनर्निर्माण काम सम्पन्न गरेको दाबी गरे।

१७ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदाहरुको निर्माणमा सहज हुनेगरी सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सम्पदा निर्माण/पुनर्निर्माणमा समस्याको रूपमा देखिएको सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका हुन् ।

मेयर महर्जनले आफूले मेयरको रुपमा काम गर्दा सबै भन्दा ठूलो समस्याको रूपमा सो ऐन देखेकाले सरकारले त्यसलाई तत्काल संशोधन गरेर विकास, निर्माणको कामलाई सहज बनाउनुपर्ने बताए ।

उनले भने, ‘मठ, मन्दिर, शिवालय, देवालय अर्थात सम्पदा बनाउनको निमित्त यो सार्वजनिक खरिद ऐनमा एउटा विशेष दफा जोडियोस् । जसले गर्दा काम गर्न निकै सहजीकरण होस् । सजिलो होस् । र हाम्रो जति पनि वर्कम्यानसीप छ । त्यो काममा एकदमै राम्रो नतिजा निस्कियोस् ।’

त्यस अवसरमा मेयर महर्जनले आफूले ललितपुर महानगरपालिकाको क्षेत्रभित्रका सबै सम्पदाहरूको पुनर्निर्माणको काम सम्पन्न गरिसकेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?