+
+
Shares

जेनजीहरूले चुनाव हुन दिँदैनौं भन्न मिल्दैन : चिरिबाबु महर्जन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १३:२७

२ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरूले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको उनको भनाइ छ ।

तर जेनजीहरूले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको उनको भनाइ छ । यस्तो गर्न नपाइने मेयर महर्जनको भनाइ छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको जुन सरकार छ, यसको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । तर अलिकति मलाई चिसो परिरहेको छ की, जेनजीले आमा भन्नुहुन्छ । भनिरहेको पनि छ,’ महर्जनले भने, ‘तर पछिल्लो कालखण्डमा आएर स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिँदैनौँ भनिरहेको छ । यो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ । चुनाव गरेर यो सरकार डिरेल भइरहेको अवस्था जुन छ, त्यसलाई रेलमा ल्याउने जुन प्रकारको मुख्य दायित्व छ, त्यो काममा सफलीभूत बनाउनैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?