+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हामी जे बोल्छौं, त्यो पूरा गर्छौं : चिरिबाबु महर्जन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते २१:४१

१९ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगरले अन्यभन्दा राम्रो काम गरेको भनेर चिनिने गरेको बताएका छन् ।

२२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दाबी समेत उनले गरे । आफूले बोलेका सबै कुराहरू पूरा हुने गरी काम गरेको उनको जिकिर थियो ।

‘अस्तिको दिनमा मात्रै संघीय सरकारले अपांगताको क्षेत्रमा सबै नगरपालिका भन्दा राम्रो काम गरेको भन्दै हामीलाई पुरस्कृत गरेको छ । यो पुरस्कारहरू पाउनु भनेको पनि टिमवर्कको परिणाम हो,’ उनले भने, ‘हामी जसरी सफलीभुत भईरहेका छौ । यसका लागि पनि यहाँहरूलाई हार्दिक हार्दिक धन्यवाद गर्न चाहेँ । हामी जे बोल्छौं, त्यो पूरा गर्छौं ।’

मेयर महर्जनले राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले वर्ष २/३ वटा भन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको समेत उल्लेख गरे । सबैभन्दा राम्रो काम गरेको भनेर पहिचान दिलाउने काममा मातहतका निकायको महत्वपूर्ण भुमिका रहेको भन्दै आभार समेत व्यक्त गरे ।

‘हामी चुनावमा जितेर आएका व्यक्तिहरू स्वास्थ्य क्षेत्रमा हाम्रो विज्ञता छैन । तपाईले जे भन्नुहुन्छ, जे सुझाव दिनुहुन्छ । ती सुझावहरू हामीले ग्रहण गर्छौ । कार्यान्वयन गर्छौं,’ उनले भने, ‘तसर्थ तपाईंहरूले दिनुभएको सुझाव, तपाईहरूले गर्नु भएको कन्ट्रिव्युशन, तपाईहरूको जुन एक किसिमको लगनशीलता छ । त्यसको नतिजा हो यो ।’

मेयर महर्जनले टिम वर्कमा काम गरेको हुनाले ललितपुर महानगरपालिकाले एक पछि अर्को सफलता हासिल गर्दै गएको पनि बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?