+
+

म्यानचेष्टर सिटी र लाइपजिग च्याम्पियन्स लिगको नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ९:०८

२२ कात्तिक, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी र जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह जी अन्तर्गत मंगलबार राती भएको खेलमा जित हात पार्दै सिटी र लाइपजिग दुई खेल अगावै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

एलर्ङ हालान्डको दुई गोल मदतमा सिटीले स्वीस क्लब योङ ब्वाइजलाई ३-० ले हरायो ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि हालान्डले २३औं र ५१औं मिनेटमा गोल गरे । फिल फोडेनले पहिलो हाफको इन्जुरी टाइममा एक गोल गरे ।

५३औं मिनेटमा सान्ड्रो लाउपर रातो कार्डको‌ सामना गर्दै मैदान बाहिरिएपछि योङ ब्वाइज १० खेलाडीमा सिमित भएको थियो।

शतप्रतिशत जित निकालेको सिटी चार खेलबाट १२ अंकसहित समूह जीको शीर्ष स्थानमा छ ।

यसै सहूको अर्को खेलमा लाइपजिगले रेडस्टार बेलग्रेडलाई २-१ ले हरायो ।

लाइपजिगका लागि जाभी सिमोन्स र लुइस ओपेन्डाले गोल गरे । चारमध्ये ३ खेल जित्दै ९ अंक जोडेको लाइपजिग दोस्रो स्थानमा रहेर सिटीसँग प्रिक्वाटरफाइनल पुगेको हो ।

चार खेलबाट समान १ अंक मात्र रहेको योङ ब्वाइज र रेडस्टार बेलग्रेड भने दुई खेल अगावै समूह चरणबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?