+
+

सिटी र आर्सनलले बराबरी खेले बराबरी, लिभरपुल शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते ८:०५

१९ चैत, काठमाडौं । प्रिमियर लिगमा उपाधि दाबेदार दुई टोली म्यानचेष्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । त्यसअघि लिभरपुलले ब्राइटनविरुद्ध पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको थियो ।

घरेलु मैदानमा लिभरपुल सुरुमै एक गोलले पछि परेको थियो । डानी वेलब्याकले दोस्रो मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा लिभरपुलका लागि लुइस डियाजले बराबरी गोल फर्काए ।

त्यसपछि ६५औं मिनेटमा मोहमद सालहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । त्यही गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो ।

आर्सनलसामु सिटीलाई हराएर पुन: शीर्ष स्थानमा फर्कने अवसर थियो । तर सिटीसँग गोलरहित बराबरी खेल्दा आर्सनल दोस्रो स्थानमै रह्यो । सिटी तेस्रो स्थानमा छ ।

यी तीन टोली जम्मा ३ अंकको दूरीमा छ । २९ खेलबाट लिभरपुलको ६७ अंक छ भने समान खेलबाट आर्सनलको ६५ र सिटीको ६४ अंक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?