+
+

अल स्टार्स टी-२० सिरिज खेल्न रुविना र सीता हङकङ प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते ११:३०

२३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका दुई अलराउण्डर रुविना क्षेत्री बेलबासे र सीता रानामगर अल स्टार्स टी-२० सिरिज खेल्न हङकङ प्रस्थान गरेका छन् ।

हङकङ क्रिकेट बोर्डको आयोजनामा यही नोभेम्बर १० देखि १२ सम्म हुने डिएलए पाइपर वुमन्स अल स्टार्स टी-२० सिरिजमा खेल्न रुविना र सीता आज हङकङ प्रस्थान गरेका हुन् ।

रुविनाले बौहिनिय स्टार्स र सीताले जेड जेट्सबाट उक्त सिरिज खेल्नेछन् । सिरिजमा नेपालका रुविना र सीता तथा जापानकी शिजुका मियाजी गरी तीन मात्र विदेशी खेलाडी समावेश छन् ।

महिला टी-२० सिरिजमा दुई टोलीबीच तीन खेल हुनेछ । पहिलो खेल आइतबार हुनेछ ।

अल स्टार्स टी-२० सिरिज खेलपछि रुविना र सीता चार देशीय टी-२० आई सिरिजका लागि उतैबाट नेपाली राष्ट्रिय महिला टिममा समावेश हुनेछन् ।

नेपाल र हङकङसँगै जापान र तान्जानिया समेत सहभागी हुने चार देशीय टी-२० सिरिज नोभेम्बर १५ देखि १९ सम्म हङकङमै हुँदैछ ।

उक्त सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले २२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । केही दिनमै अन्तिम टोली घोषणा हुनेछ । चार देशबीचको टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले नोभेम्बर १५ मा तान्जानियासँग खेल्नेछ ।

सिंगल राउन्ड रोविनको आधारमा हुने यस सिरिजबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?