+
+

महिला क्रिकेटमा इन्दुले पाइन् कप्तानको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १७:११

२३ कात्तिक, काठमाडौं । हङकङमा हुने चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको कप्तानी इन्दु बर्माले गर्ने भएकी छिन् ।

गत हप्ता टोलीको प्रारम्भिक नामावलीमा सार्वजनिक गर्दा कप्तान घोषणा गरिएको थिएन । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार हङकङमा हुने चार देशीय शृङ्खलाका लागि मात्र इन्दुलाई कप्तानी दिइएको हो ।

‘रुबिना क्षेत्री लामो समयदेखि नेपाली महिला टिमको कप्तान हुनुहुन्थ्यो । उहाँँहरुले अफिसियल मेल मार्फत नै जानकारी गराएपश्चात हामीले विशेषत यो सिरिजका लागि इन्दुको कप्तानी परीक्षण र नयाँ पुस्तालाई जिम्मेवारी दिन तयार गर्न खोजेका हौं’, उनले भने ।

इन्दुको कप्तानी सही सावित भए उनले निरन्तरता पाउन सक्ने खड्काले बताए ।

इन्दुको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा सोनी पाख्रिन नयाँ खेलाडी हुन् । बागमती प्रदेशबाट खेल्दै आएकी विकेटकिपर ब्याटर कञ्चन श्रेष्ठ पनि टिममा अटाएकी छिन् । यसअघि बन्द प्रशिक्षणमा अटाएकी कञ्चनको पनि यो पहिलो अन्तर्राष्ट्रिय सिरिज हो ।

यस टोलीमा रोमा थापा र संगीता राईले पनि पुनरागमन गरेका छन् । उक्त शृंखलामा नेपाल, यूएई, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।

हङकङ सिरिज खेल्ने नेपाली टोली :

इन्दु बर्मा (कप्तान), बिन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्मचार्य, काजल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमी विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?