+
+

काठमाडौंका १३ जलाशयमा छठ पर्वको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते १४:३५

३० कात्तिक, काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा रहेको नदी र पोखरीहरुमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पर्वको मुख्य दिन शनिबार छठी माइको पूजाका लागि काठमाडौंको कमलपोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानहरुमा तयारी अन्तिम चरणमा पुगेको छ ।

काठमाडौंको विभिन्न १३ स्थानका जलासयमा छठ पर्वको तयारी भइरहेको छ । कमलपोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम सुरु भएको र शनिबारसम्म सबै काम सकिने बताए ।

‘टेण्ट हाल्न सुरु भएको छ, शनिबारसम्म काम सकिन्छ । हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गरेका छौँ । यस पटक चन्दा बाक्सा पनि राख्दैनौं’, उनले भने, ‘छठी माईको मूर्ति पोखरीमा नराख्ने भएका छौँ । सेलाउने मूर्ति बाहिर नै राख्नेछौं । आरती र भजन कीर्तन गर्नेछौं ।’

गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताए । उनले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिएको र बाँकी काम शनिवारसम्म सकिने बतए ।

‘कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी छ । आर्थिक मन्दीले अलि कमी हुने आकलन गरेका छौं। तर रसिद काट्नेहरु हेर्दा भरिन्छ जस्तो छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?