+
+
विश्वकप क्रिकेट :

फाइनल प्रवेशका लागि अष्ट्रेलियाले पायो २१३ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते १९:०७

३० कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ । डेभिड मिलरको शतकको मद्दतमा दक्षिण अफ्रिकाले दुई बल बाँकी छँदा सबै विकेट गुमाएर २१२ रन जोडेको हो ।

एक पछि अर्को विकेट गएर दक्षिण अफ्रिका संकटमा परिरहेका बेला मिलरले सम्हालिएर खेल्दे ११६ बलमा १०१ रन जोडे । उनीबाहेक हेनरिक कालसेनले ४७ रन बनाए भने जेरार्ड कोट्जेले १९ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।

भारतको इडेन गार्डनमा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले वर्षाले खेल रोकिनु अघिसम्म १४ ओभरमा ४ विकेट गुमाएर जम्मा ४४ रन बनाएको थियो ।

पावर प्लेमा दक्षिण अफ्रिकाले २ विकेट गुमाएर जम्मा १८ रन मात्र बनाउन सकेको थियो । वर्षाले केहीबेर खेल अवरुद्ध भए पनि पछि नियमित सञ्चालन भएको थियो ।

दक्षिण अफ्रिकाका टेम्बा बभुमा र मार्को जान्सेन शून्यमा आउट भए भने क्वीन्टन डिककले ३, रसे भान डेर डसेनले ६, केशव महाराजले ४ रन जोडे भने तब्राइज साम्सी १ रनमा नटआउट रहे । आइडेन मार्करम र कागिसो कोट्जीले समान १० रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्क र पाट कमिन्सले समान ३ विकेट र जोस हाजेलउड र ट्राभिस हेडले २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?