+
+

बलिउड फिल्म ‘धुम’ का निर्देशक सञ्जय गढवीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १३:२८

काठमाडौं । ‘धूम’ र ‘धूम २’ जस्ता सुपरहिट बलिउड फिल्मका निर्देशक सञ्जय गढवीको निधन भएको छ । आइतबार बिहान मर्निङ वाक गर्ने क्रममा उनलाई हृदयघात भएको थियो ।

उनको अन्तिम संस्कार बेलुकासम्म गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी बिहान लोखंडवाला ब्याकरोडमा मर्निङ वाक गर्दै थिए । यसै क्रममा हृदयघात भएपछि उनलाई नजिकैको कोकिलाबेन अम्बानी अस्पताल लगियो । यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

अस्पतालको दूरी एकदेखि डेढ किलोमिटर मात्रै छ । बिहानैदेखि सडकमा सवारीसाधन पनि चलेका थिएनन् । यति हुँदाहुँदै पनि उनलाई बचाउन सकिएन ।

सञ्जयको मृत्युले परिवार र बलिउड शोकमा छ । उनको पार्थिव शरीर कोकिलाबेन अम्बानी अस्पतालमा राखिएको छ । सञ्जयले हालै श्रीकृष्ण जन्मभूमि र शाही इदगाह मस्जिदको विवादमा आधारित फिल्म बनाउने घोषणा गरेका थिए । यो फिल्मको सुटिङ पनि सुरु भइसकेको थियो ।

सञ्जयले आफ्नो करिअरमा ‘धुम’सहित सात फिल्म निर्देशन गरेका थिए । उनले सन् २००१ मा फिल्म ‘तेरे लिए’बाट आफ्नो करिअर सुरु गरेका थिए । यो फिल्म फ्लप भयो । यसपछि सञ्जयले ‘मेरे यार की शादी है’, ‘किडनैप’, ‘अजब गजब लभ’ र ‘अपरेसन परिन्दे’ जस्ता फिल्म पनि निर्देशन गरे ।

‘धूम’ र ‘धूम २’ फिल्मबाट सञ्जयले सबैभन्दा बढी पहिचान पाएका थिए । यी दुवै फिल्मलाई उनले निर्देशन गरेका हुन् । यो फ्रेन्चाइजी बलिउडको हिट फ्रेन्चाइजीमध्ये एक हो । यो श्रृंखलाको तेस्रो फिल्म ‘धूम ३’ लाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?