+
+

हेडको कीर्तिमान र कमिङ्सको सानदार बलिङ, फाइनल खेलको तथ्याङ्‍क

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १२:४३

४ मंसिर, काठमाडौं । अष्ट्रेलियाले आइतबार भारतलाई ६ विकेटले हराएर छैटौं पटक एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दा धेरै कीर्तिमान बने ।

अष्ट्रेलियालाई जिताउन ओपनर ट्राभिस हेडले सानदार शतक प्रहार गरे । हेडले १३७ रन बनाएपछि अष्ट्रेलियाले २४१ रनको लक्ष्य ४३ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको थियो ।

उक्त खेलमा बनेको विभिन्न कीर्तिमानको तथ्याङ्‍क :

६ – अष्ट्रेलियाले कीर्तिमानी छैटौं पटक मेन्स ओडीआई विश्वकप जितेको हो । अष्ट्रेलियाले सन् १९८७, १९९, २००३, २००७, २०१५ र २०२३ मा उपाधि जितेको हो । वेष्ट इन्डिज र भारतले समान दुई पटक विश्वकप जितेका छन् ।

१० – आइतबार अष्ट्रेलियासँग फाइनलमा पराजित हुनुअघि भारतले लगातार १० खेल जितेको थियो । भारतले लगातार १० ओडीआई जितेको यो पहिलो पटक हो र विश्वकपका कुनै पनि टिमले लगातार १० खेल जितेको तेस्रो पटक हो । यसअघि अष्ट्रेलियाले सन् २००३ र २००७ मा विश्वकप जित्दा लगातार ११ खेल जितेको थियो ।

१३७ – ट्राभिस हेडको स्कोर विश्वकप फाइनलमा लक्ष्य पछ्याउने क्रममा बनेको ठूलो स्कोर हो ।

यसअघि सन् १९९६ को फाइनलमा श्रीलंकाका अरभिन्द डे शिल्भाले अष्ट्रेलिया विरुद्ध १०७ रन बनाएका थिए । हेडले भारत विरुद्ध बनाएको १३७ रन ओडीआई विश्वकपको फाइनलको चौथो ठूलो व्यक्तिगत स्कोर पनि हो ।

१- हेड मेन्स आईसीसी टुर्नामेन्टको फाइनलमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बने । यसअघि उनले यसै वर्षको सुरुमा वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा भारत विरुद्ध नै १६३ रन बनाएका थिए ।

१९९ – हेडले विश्वकपको सेमिफाइनल र फाइनलमा बनाएको रन । ओडीआई विश्वकपको सेमिफाइनलमा र फाइनलमा कुनै खेलाडीको बनाएको यो धेरै रन हो । यसअघि भिभियन रिचर्डले सन् १९७९ मा १८० रन बनाएका थिए । जसमा उनले इंग्ल्याण्ड विरुद्ध फाइनलमा अविजित १३८ रन बनाएका थिए ।

१९२ – हेड र मार्नुस लाबुसचेनले फाइनलमा गरेको साझेदारी । यो विश्वकपको फाइनलमा भएको दोस्रो ठूलो साझेदारी हो । यसअघि सन् २००३ को फाइनलमा अष्ट्रेलियाका रिक्की पोन्टिङ र डिमएन मार्टिनले भारत विरौध नै अविजित २३४ रनको साझेदारी गरेका थिए ।

३ – हेड भन्दा अघि ३ खेलाडीले एकै ओडीआई विश्वकपको सेमिफाइनल र फाइनल दुवैमा प्लेअर अफ दि म्याचको अवार्ड जितेका थिए । यसअघि सन् १९८३ मा मोहिन्दर अमरनाथ, १९९६ मा अरभिन्द डे शिल्भा र १९९९ मा शेन वार्नले यस्तो उपलब्धि हात पारेका थिए ।

३ – यसअघि ३ पटक भारतीय स्पीनरले १५ ओभर भन्दा बढी बलिङ गर्दा विकेटविहिन बनेका थिए र तीनै अवसर १९७९ मा बनेको थियो । त्यसबेला भारतका स्पीनरले ७२ ओभर बलिङ गर्दा कुनै विकेट लिन सकेका थिएनन् ।

० – आइतबार अष्ट्रेलियाका कप्तान प्याट कमिङ्सले १० ओभरमा कुनै बाउन्ड्री दिएनन् ।

यसअघि सन् २००७ मा दक्षिण अफ्रिका फास्ट बलर सन पोलकले इंग्ल्याण्ड विरुद्ध पूरै १० ओभर बलिङ गर्दा कुनै बाउन्ड्री दिएका थिएनन् ।

६६.६७ – भारतले बनाएको कूल रनमा पहिलो १० ओभरपछिको रन प्रतिशत । २००१ यता ५० ओभर पूरै खेलेर कुनै पनि टिमले बनाएको पछिल्लो ४० ओभरमा बनाएको यो दोस्रो कम स्कोर हो ।

२०१९ मा पपुवा न्यु गिनीले ओमान विरुद्ध पूरै ५० ओभर ब्याटिङ गर्दै २०६-९ रन बनाउँदा पहिलो १० ओभरपछि ६६.०१ प्रतिशत रन बनाएको थियो ।

४ – भारतले पहिलो पवार प्लेपछि जम्मा चार बाउन्ड्री मात्र प्रहार गरेको थियो । २०११ पछि ओडीआई मा ११औं देखि ५०औं ओभरसम्म कुनै पनि टिमले प्रहार गरेको यो सबैभन्दा थोरै बाउन्ड्री हो ।

उक्त चार बाउन्ड्री केएल राहुल, सूर्यकुमार यादव, मोहम्मद सामी र मोहम्मद सिराजले हानेका थिए ।

– ईएसपीएनक्रिकइन्फोबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?