+

एन्फाको आपतकालीन बैठक बस्दै

२०८२ कात्तिक  १४ गते ११:५९ २०८२ कात्तिक १४ गते ११:५९
एन्फाको आपतकालीन बैठक बस्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघको कार्यसमितिको आपतकालिन भिडियो कन्फेरेन्स बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
  • बैठकमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अनुशासनको कारवाही गर्ने एजेन्डा राखिएको छ।
  • महासचिव किरण राईलाई लिखित स्पष्टीकरण नदिएको भन्दै खड्काले उनलाई निलम्बन गरेका थिए।

१४ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपतकालिन भिडियो कन्फेरेन्स बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अनुशासनको कारवाही गर्ने सम्बन्धी एजेन्डा राखिएको छ ।

एन्फाका महासचिव किरण राईले कार्यसमितिका उपाध्यक्ष, सदस्य लगायतलाई पत्र पठाउँदै भिडियो कन्फेरेन्सका लागि गुगल मिटको लिंक पनि पठाएका छन् । पत्रमा वरिष्ठ उपाध्यक्षलाई भने सम्बोधन गरिएको छैन ।

दिउँसो १ बजेका लागि तय गरिएको एन्फाको आपतकालिन भिडियो कन्फेरेन्स मिटिङका लागि सदस्यहरुलाई बिहान साढे ११ बजेपछि मात्रै इमेलमार्फत पत्र पठाएर जानकारी दिइएको छ ।

पछिल्लो समय एन्फा कार्यसमितिभित्रै असन्तुष्टि र विवाद देखिँदै आएको छ ।

केही साताअघि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ एक कार्यक्रममा साउदी अरेबिया पुगेका बेला कार्यवाहक अध्यक्षको हैसियतमा वीर बहादुर खड्काले महासचिव किरण राईलाई तीन दिन भित्र लिखित स्पष्टीकरण माग गरेका थिए ।

तर राईले स्पष्टिकरण नबुझाएपछि खड्काले महासचिव राईलाई निलम्बन गरेका थिए ।

नेम्वाङ स्वदेश फर्किएपछि खड्कालाई लिखित स्पष्टीकरण माग गरेकामा उनले बिहीबार स्पष्टीकरण बुझाएका थिए ।

एन्फा बैठक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय