+
+

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, सबैभन्दा धेरै आयकर तिर्ने टेलिकम

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते ८:४९

७ मंसिर, काठमाडौं । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार सम्मान गरेका हुन् ।

राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

सम्मान गरिएका करदाता कम्पनीहरू :

सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)

निर्यात कारोबार : डाबर नेपाल प्रालि

विषेश उद्योग : एसियन पेन्ट्स

कृषि एवम् पशुजन्य : ओसीबी फुड्स एन्ड फिड्स प्राली

सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त

बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई

बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन

स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

पर्यटन : मनोकामना दर्शन प्रालि

वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट

मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज

ऊर्जा : भोटेकोसी पावर कम्पनी

रेमिटेन्स : आईएमई लिमिटेड

व्यक्तिगत आयकर : विजयकुमार शाह

आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि (यो दुई विधामा सम्मानित भयो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?