+
+

उत्कृष्ट करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने विशेष पास

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १०:११
सिंहदरबारको दक्षिण गेट । फाइल फोटो

७ मंसिर, काठमाडौं । उत्कृष्ट करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्न विषेश पास उपलब्ध गराइने भएको छ ।

सरकारले कर दिवसमा सम्मानित हुने करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने पास उपलब्ध गराउने भएको हो ।

अर्थ सचिव कृष्णहरि पुष्करले आन्तरिक राजस्व विभागलाई आजैदेखि यस्तो पास उपलब्ध गराउन निर्देशन दिएका छन् ।

‘यो आजैदेखि कार्यान्वयनमा आउँछ, मैले विभागलाई निर्देशन दिएको छु,’ कर सप्ताह समापन तथा करदाता सम्मानमा आयोजित कार्यक्रममा उनले भने ।

सरकारले सोही कार्यक्रममा विभिन्न १६ विधामा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?