+
+

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी

नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १५:३५
डा. गुणराज लोहनी । फाइल फोटो

१४ मंसिर, काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ निवासी डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

डा. लोहनी स्वास्थ्य मन्त्रालयबाट १२औं तहबाट उमेरका आधारमा अवकास प्राप्त कर्मचारी हुन् । नेपालमा स्वास्थ्य बीमा सुरु गर्दाताका डा. लोहनी कार्यकारी निर्देशक थिए । गत २४ माघमा डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि सो पद रिक्त थियो ।

यसैगरी स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा महोत्तरी निवासी सुवोध कुमार शर्मालाई मनोनयन गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?