+
+

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार आचार्यलाई

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १३:०५

१५ मंसिर, बुटवल । रुपन्देही उद्योग संघले प्रदान गर्दै आएको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्यले पाएका छन् ।

संघको ४६औं सथापना दिवस एवं औद्योगिक दिवसको अवसरमा शुक्रबार एक कार्यक्रममा आचार्यलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा २०५७ सालदेखि वितरण हुंदै आएको पुरस्कारको राशी ४६ हजार एक सय रुपैयाँ रहेको छ ।

लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य मन्त्री एवम् प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, संघका अध्यक्ष दिलिप सापकोटा र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले आचार्यलाई पुरस्कार प्रदान गरेका हुन् । दुई दशकदेखि पत्रकारितामा आवद्ध आचार्य दैनिकपत्र दैनिक र नेपाल प्रेसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?