+
+

अनलाइनखबरकर्मी रेणु त्वानावासुलाई श्रीरामस्मृति पत्रकारिता पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ५ गते १२:११

५ फागुन, काठमाडौं । अनलाइनखबरकर्मी रेणु त्वानावासु श्रीरामस्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् ।

पत्रकार राष्ट्रिय दबूको शनिबार राजधानीको विजयश्वरीस्थित नेपाल भाषा मंका खलःको सभाहलमा भएको १२औं साधारण सभामा उनलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्क तथा नेपालमण्डल टेलिभिजनका सिल्भिया राजोपाध्यायलाई प्रदान गरियो ।

त्यस्तै, भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार मेट्रो एफएमका उदेन मानन्धर, ज्ञानदेवी-मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार रामेछापका पत्रकार युवराज श्रेष्ठ, ग्रधम्मानुदाता ज्ञानज्योति – लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार माउण्टेन टेलिभिजनका नेपालभाषा समाचार डेस्कका प्रमुख विश्वन्तर शाक्यलाई प्रदान गरिएको थियो।

ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार काठमाडौंका फोटोपत्रकार बुद्धशरण शाहीलाई प्रदान गरिएको छ ।

तीन जनालाई विशेष सम्मान

कार्यक्रममा तीन जनालाई विशेष सम्मान गरिएको छ ।

सञ्चारमाध्यमको समावेशीकरण र नेपालभाषा र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पत्रकार डण्ड गुरुङ, गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?