+
+

छोटो समयमै एक लाखभन्दा बढी डाउनलोड भयो ‘रमाइलो’ एप

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १९:४३

काठमाडौं । टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियोहरू सेयर गर्ने ‘रमाइलो’ मोबाइल एप छोटो समयमै लोकप्रिय बन्दै गएको छ । सार्वजनिक भएको एक सातामै यो एप १ लाखभन्दा बढीले डाउनलोड गरिसकेको कम्पनीले जनाएको छ ।

हाल यस एपमा ९० हजारभन्दा बढी दैनिक सक्रिय प्रयोगकर्ता रहेको पनि कम्पनीको दाबी छ । एप सञ्चालनमा ल्याएको केही दिनमा नै प्रयोगकर्ता सोचेभन्दा धेरै भएपछि केही समस्या आए पनि हाल त्यसमा सुधार गरिसकिएको कम्पनीका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गृहेन्द्र घिमिरेले जानकारी दिए ।

कम्पनीले एपलाई क्रमशस् अपडेट गर्दै गएको जनाएको छ । प्रयोगकर्ताले पनि यसलाई क्रमशस् अपडेट गर्दै लगेमा नयाँ फिचरहरू छिट्टै प्रयोग गर्न पाउने जानकारी पनि कम्पनीले दिएको छ । सरकारको नियमनअनुसार नै यस एपलाई प्रयोगकर्ताले प्रयोग गर्न सक्ने कम्पनीको भनाइ ५ ।

रमाइलो एपमा सार्वजनिक भएको शर्ट्स तथा भिडियोहरूले सामाजिक सद्भाव खलल पुग्ने किसिमको पाइएमा वा गैरकानूनी तथा हिंसात्मक भएमा कम्पनीले त्यसलाई हटाउने जानकारी पनि दिएको छ । त्यसका लागि प्रयोगकर्ताले रिपोर्ट गर्नसक्नेछन् ।

कम्पनीले अबको केही दिनमा नै एप्पल स्टोरमा रमाइलो एप राख्ने तयारी गरिरहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?