+
+

सिमरा विमानस्थलमा सञ्चालनमा आयो हवाई इन्धन रिफ्युलिङ स्टेसन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १७:५९

 

१७ मंसिर, काठमाडौं । बाराको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसन स्थापना भएको छ ।

नेपाल आयल निगमले स्थापना गरेको स्टेसनको आइतबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरे ।

रिफ्युलिङ स्टेसन स्थापना पनि विमानस्थल भएर उडान भर्ने जहाजलाई काठमाडौंबाटै दोहोरो रुटको इन्धन भरेर आउने बाध्यता हटेको छ । विमानस्थलमा दैनिक १५ वटा उडान भर्दै आएको छ ।

नयाँ रिफ्युलिङ स्टेसन स्थापनाले सिमरा विमानस्थलमा आकस्मिक अवतरण गर्नसमेत सहज हुने आयल निगमको विश्वास छ ।

निगमकाअनुसार स्थानीयले सिमरा विमानस्थलमा रिफ्युलिङ स्टेसन स्थापना गर्न लामो समयदेखि माग गर्दै आएका थिए ।

निगमले चालु आर्थिक वर्षको बजेटमा उक्त परियोजनालाई समावेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?