+
+

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, १ लाख १४ हजार ८ सयले पाए सेयर

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते ११:०८

मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक कार्यक्रमका बीच कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।  बाँडफाँटमा कुल १ लाख १४ हजार ८ सय जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् ।

प्रक्रिया पूरा गरेर कुल १२ लाख ७४ हजार ५६७ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका थिए । भेरिफाइड भएकामध्ये ११ लाख ५९ हजार ७६७ जनाको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा मागभन्दा ११.८ गुणा धेरै आवेदन परेको थियो । कम्पनीले ८ मंसिरमा सर्वसाधारणका लागि आईपीओ खुलाएको थियो ।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गरेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी गरिएको थियो ।

कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?