News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनाको आईपीओमा सुरक्षाकर्मीका लागि २ प्रतिशत हिस्सा छुट्याउने कानुनी प्रक्रिया अघि बढेको बताए ।
- उहाँले बुधबार प्रतिनिधिसभामा विपद् र खोज तथा उद्धारमा सुरक्षाकर्मीले पुर्याएको योगदानको उच्च कदर गर्ने नीतिगत निर्णय भएको भन्नुभयो ।
- मन्त्री श्रेष्ठका अनुसार प्रभावित स्थानीय, कर्मचारी, सामूहिक लगानी कोष र म्युचुअल फन्डपछि मात्रै आम सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने व्यवस्था छ ।
७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विपद्को समयमा सुरक्षाकर्मी अहोरात्र खटिने भएकाले आईपीओमा २ प्रतिशत हिस्सा छुट्याइने बताएका छन् । जलविद्युत् आयोजनामा सुरक्षाकर्मीलाई २ प्रतिशत आईपीओ हिस्सा छुट्याउनेगरी कानुनी प्रक्रिया अघि बढाइसकेको उनले बताए ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुरक्षाकर्मी कठिन परिस्थितिमा अहोरात्र खटिने भएकाले योगदानको उच्च कदर गर्दै जलविद्युत आयोजनाको आईपीओमा २ प्रतिशत हिस्सा सुनिश्चित गरिने बताए ।
उनले खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीहरूले खेलेको भूमिकाको प्रशंसा पनि गरे । ‘सुरक्षाकर्मीको समर्पण र राष्ट्रप्रतिको उच्च दायित्वबोधलाई सम्मान गर्दै उनीहरूलाई जलविद्युत आयोजनाको स्वामित्वमा सहभागी गराउने नीतिगत निर्णय लिइएको छ’ मन्त्री श्रेष्ठले भने ।
हाल आईपीओमा प्रभावित स्थानीय, कर्मचारी, सामूहिक लगानी कोष, म्युचुअल फन्डलाई समेत कोटा छुट्याएपछि मात्रै आम सर्वसाधारणका लागि बिक्री गरिँदै आएको छ । मन्त्री श्रेष्ठका अनुसार अब फेरि सुरक्षाकर्मीका लागि कोटा छुट्याउने व्यवस्था गर्न लागिएको छ ।
प्रतिक्रिया 4