+
+

तृणमुल कांग्रेस सांसद मोइत्रा लोकसभाबाट निष्कासित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १७:१२

२२ मंसिर, काठमाडौं । पैसा लिएर प्रश्न सोधेको आरोपमा तृणमुल कांग्रेस सांसद महुआ मोइत्रालाई भारतको लोसकभाबाट निष्कासन गरिएको छ ।

शुक्रबार बसेको लोकसभा बैठकले एथिक्स कमिटीको रिपोर्ट पास गरेको हो, जसमा मोइत्रालाई लोकसभाबाट निष्कासित गर्न सुझाव दिइएको छ ।

लोकसभाका सभामुख ओम बिरलाले भने, ‘सदनले कमिटीको निष्कर्षलाई स्वीकार गर्छ कि एक सांसदका रुपमा महुआ मोइत्राको आचरण अनैतिक र अनुचित थियो र उनलाई सांसद राखिराख्नु अनुपयुक्त छ ।’

त्यसअघि उनले यो रिपोर्टमाथि छलफल गर्नुपर्ने र मोइत्रालाई आफ्नो धारणा राख्न दिनुपर्ने माग अस्वीकार गरेका थिए । त्यसपछि एथिक्स कमिटीका प्रमुख विनोदकुमार सोनकरले रिपोर्ट पेश गरे ।

कांग्रेस र तृणमुल कांग्रेसका सदस्यहरुले रिपोर्ट दिनुपर्ने माग गर्दै नाराबाजी गरे । बैठकको अध्यक्षता गरिहेका बीजेपी सांसद राजेन्द्र अग्रवालले बैठक स्थगित गरे ।

लोकसभामा कांग्रेसका नेता अधीररञ्जन चौधरीले सभामुख बिरलालाई पत्र लेखेर छलफलका लागि ३-४ दिन समय माग गरे । तर उनको माग सुनुवाइ भएन ।

विपक्षीको बहिस्कारका बीच बसेको बैठकले मोइत्रालाई निष्कासन गर्ने सिफारिस स्वीकार गरेको छ । माइत्राले भने एथिक्स कमिटीलाई निष्कासनको सिफारिस गर्ने अधिकार नभएको दाबी गरिन् । उनले अघि भनिन्, ‘म ४९ वर्षको भए र आगामी ३० वर्षसम्म संसदभित्र र बाहिर तपाईंहरु विरुद्ध संघर्ष गर्ने छु ।’

तृणमुल कांग्रेसका नेता एवं पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बीजेपीले लोकतन्त्रलाई समाप्त गर्ने राजनीति गरिरहेको बताइन् । ‘४९५ पेजको रिपोर्ट पढ्नसम्म दिइएन, मोइत्रालाई आफ्नो मत राख्न दिइएन’ उनले भनिन्, ‘हामी राजनीतिक रुपमा लड्छौं । आउने चुनावमा जनताले जवाफ दिनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?