+
+

नागरिक कुशासनबाट आजित छन् : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १७:३१

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक कुशासनले सबैभन्दा आजित भएको बताएका छन् ।

कुशासन नियत वा अयोग्यतासँग जोडिएको चर्चा गर्दै महामन्त्री थापाले एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड चर्चामा आउने गरेको बताए । ‘नागरिक सबैभन्दा ठूलो आजित केही कुरालाई भएको छ भने कुशासनले भएको छ । एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ’ थापाले भने, ‘केही समय अगाडिसम्म सुनकाण्ड थियो । शरणार्थी काण्ड थियो । अब एनसेल काण्ड आयो । ५/७, १०/१२ दिन सम्म सबैतिर यही काण्ड घुम्छ । यो सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ ।’

कांग्रेसको मुखपत्र नेपाल पुकारको नयाँ अंक सार्वजनिक कार्यक्रममा बोल्दै थापाले सुशासन कांग्रेसको वाचा मात्रै नभई त्यसैको लागि जन्मिएको पार्टी भएको दाबी गरे ।

कांग्रेस सरकारमा रहेको, ठूलो दल भएको, कांग्रेसकै अनुसार देश अघि बढिरहेको बेलामा किन कुशासनका घटना भइरहेका छन्? भनी थापाले आफ्नै दललाई प्रश्न गरे ।

नेपाली कांग्रेसको जन्म हुनु अघिदेखि प्रकाशित नेपाल पुकारलाई आइतरबारदेखि पुन प्रकाशन सुरु गरिएको छ । कांग्रेसको मुखपत्र नेपाल पुकार २०५४ सालसम्म प्रकाशित भएको थियो । नेपाल पुकारलाई अबदेखि त्रैमासिक रुपमा प्रकाशित गर्ने सञ्चार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?