+
+

श्रृंखलाको ‘ब्याचलरेट’ पार्टीमा सेलिव्रेटी, सुरज भन्छन्- परिवारमा स्वागत छ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १७:४६

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले प्रेमीसँग बिहीवार लगनगाँठो कस्दैछिन् । अहिले उनको परिवारलाई विवाहको तयारी जुटाउन भ्याइनभ्याइ छ । अर्कोतर्फ, एकसातादेखि नै उनीहरुले धमाधम पार्टी आयोजना गरिरहेका छन् ।

श्रृंखलाले शनिबार बेलुका ‘ब्याचलरेट’ पार्टीको आयोजना गरिन् जहाँ केही सेलिव्रेटीको समेत उपस्थिती रह्यो । श्रृंखलाको घरमा आयोजना गरिएको पार्टीमा मनोरञ्जन, राजनीति र अन्य क्षेत्रका केही व्यक्तिको उपस्थिती रह्यो ।

प्रेमी सम्भव सिरोहिया र श्रृंखलालाई पार्टीमा बधाई दिनेको ओइरो नै लाग्यो । ‘हिमालय रोडिज’को होस्ट तथा अभिनेता सुरजसिंह ठकुरी पनि पार्टीमा देखिए । श्रृंखला सेतो-गुलाबी रङ मिश्रित लेहेंगामा सजिएकी थिइन् भने सम्भव कालो लङ्कोटमा देखिए ।

सुरजले चाहिँ विन्टर ड्रेसअपको रुपमा ब्ल्याक काउब्वाय ह्याट र लेदरको ज्याकेट पहिरिएका थिए । सो अवसरमा ब्याचलरेट केक काटियो भने स्याम्पेन सेलिव्रेसन समेत गरिएको थियो । यसबाहेक पार्टीमा अघिल्ला चुनावमा चर्चित नाम श्री गुरुङ पनि देखिए । केहीदिनअघि श्रृंखलाले पूर्वमिस नेपालहरुसँग नगरकोटको एक रिसोर्टमा ब्याचलरेट पार्टी गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?