+
+

शेखर–गगन सुलह प्रयास, मंगलबारको बैठक एक दिनलाई सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १९:३८

२४ मंसिर, काठमाडौं । कांग्रेसका संस्थापन इतर नेताहरु शेखर कोइराला र गगन थापाबीच आन्तरिक द्वन्द्व मत्थर गराउने प्रयास भएको छ ।

सोमबार साँझ नेता अर्जुननरसिंह केसीले नेता शेखर र महामन्त्री गगनलाई डाकेर समाधान प्रयास गरेका हुन् ।

शेखर आफूले मंगलबारलाई डाकेको भेला बुधबारलाई सार्न सहमत भएका छन् । यसअघि शेखरले आफूसँग सल्लाह नगरी बैठक राखेकामा महामन्त्री थापा असन्तुष्ट थिए । एक दिन सारेपछि उनी पनि बैठकमा भने जान सहमत भएका छन् ।

स्रोतले भन्यो, ‘पर्सि बैठक सारेर सबैलाई सहभागी गराउने कोसिस भएको छ । सामूहिक रुपमै संयोजन गरेर जाने प्रयास हुन्छ ।’

नेता केसी महामन्त्री थापाका ससुरासमेत हुन्, जसले इतर संस्थापन पक्षका नेताबीच विगतदेखि नै मेलमिलाप प्रयास गर्दै आएका छन् ।

पछिल्ला दिनमा एक अर्कालाई खुलेरै असहयोग गरिरहेका शेखर र गगनबीच संवाद समेत हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?