+
+

नेत्रहीन महिला क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल भारतसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते २०:३४

२५ मंसिर, काठमाडौं । महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल भारतसँग ८ रनले पराजित भएको छ ।

भारतको मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा भारतले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८६ रन बनायो ।

नेपालको लागि बिनिता पुनले सर्वाधिक ९२ रन बनाइन् । ६० बल खेलेकी उनले ११ चौका प्रहार गरिन् । यस्तै मनकेशी चौधरीले ३१ बलमा ३६ तथा सिर्जना परियारले १७ बलमा ३० रन बनाइन् । सरिता घिमिरे ७ रनमा अविजित रहिन् ।

भारतकी पुला सरेनले एक विकेट लिइन् भने तीन नेपाली खेलाडी रनआउट भए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेट गुमाएर १९४ रन बनाएको थियो । भारतका लागि सुष्मा पटेलले सर्वाधिक ४१ रन बनाइन् भने राभन्नीले अविजित ३८ रन जोडिन् । यस्तै फुला सरेनले २८ र सुनिता श्राथेले २५ रन बनाइन् ।

नेपालकी मुना अर्यालले १ विकेट लिइन् ।

अब नेपाल र भारतबीचको दोस्रो खेल मंगलबार हुनेछ । पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?