+
+

ईःलाई ललितपुरमा उभिन अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १७:१०

२६ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाका फुटपाथ व्यवसायीलाई व्यापार गर्ने अवसर दिनुपर्ने माग राखेर ललितपुर महानगरपालिका कार्यालय बाहिर उभिएका अभियन्ता ई: लाई स्थानीय वासिन्दाले अवरोध गरेका छन् ।

ई: ले ललितपुरको लगनखेलदेखि मंगलबजारसम्मको सडकमा फुटपाथ व्यापार गर्न नदिएपछि त्यहाँ व्यापार गरेर जीविका चलाएका साना व्यवसायीको रोजीरोटीमै समस्या परेको भन्दै मंगलबार १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

मंगलबार अपरान्ह ई: महानगरपालिकाबाहिर उभिन जाँदा पाटनका स्थानीय बासिन्दाले अवरोध गरेका हुन् । ‘हामी पूर्वनिर्धारित कार्यक्रम अनुसार नै उभिन थालेका थियौं तर उभिन सुरु भएको पाँच मिनेटमै स्थानीयले आएर हामीसँग झगडा गरे । अहिले हामी प्रहरीको सुरक्षा घेरामा छौं,’ ई: को अभियानमा सहभागी रक्षा बमले अनलाइनखबरसँग भनिन् ।

उनका अनुसार स्थानीयले ‘सम्पदा मास्न पाइँदैन, फुटपाथमा व्यापार चाहिँदैन’ भन्दै नाराबाजी गरेर ईःले राखेको आन्दोलनको ब्यानर पनि च्यातिदिएका थिए ।

 सुरक्षा अवस्थालाई मध्यनजर गरेर पुल्चोकमा ठूलो संख्यामा प्रहरी खटाइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार अहिले अभियन्ता ईःलाई पुल्चोकस्थित प्रहरी कार्यालयमा राखिएको छ भने बाहिर स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

‘स्थिति तनावग्रस्त हुने भएपछि फुटपाथमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्ने अभियन्तालाई हामीले प्रहरीचौकीमा राखेका छौं, बाहिर आन्दोलन चलिरहेकै छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?