+
+

प्रगतिको थाङ्ग्रा र प्रकाशको जङ्क्सन पिपलबोटलाई पहिचान पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १८:०२

२६ मंसिर, काठमाडौं । २०७९/८० तथा सन् २०२२/२३ को पहिचान पुरस्कार दुईवटा कृतिलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

पहिचान पुरस्कार कोषले प्रगति राईको उपन्यास थाङ्ग्रा र प्रकाश गुरागाईंको कृति जङ्क्सन पिपलबोट, नयाँ सडकको कथालाई यस वर्षको पहिचान पुरस्कार दिने निर्णय भएको जानकारी दिएको छ । पुरस्कारको राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ ।

१८ असोजमा बसेको पहिचान पुरस्कार कोषको बैठकले पहिचान पुरस्कारका लागि ८ वटा पुस्तक छनोट गरेको थियो ।

जसमा प्रगति राईको थाङ्ग्रा, जानुका खतिवडाको ओताओडा, करुणा राईको रसिया राग, मञ्जुल मितेरीको कामी, प्रकाश गुरागाईंको जङ्क्सन पिपलबोट, श्रीभक्त खनाल र खेमराज रानाभाटको तीन फरक विषय (फोकल्याण्डको युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर) र नवराज केसीको शून्यको मूल्य छनोटमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?