+
+

एसिया कप खेलेर यू-१९ क्रिकेट टिम आज नेपाल फर्किंदै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १२:५६

२७ मंसिर, काठमाडौं । यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम बुधबार स्वदेश फर्किँदैछ । नेपाली टिम राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ ।

नेपालले यु-१९ एसिया कपको समूह ए मा टेष्ट मान्यता प्राप्त भारत, पाकिस्तान र अफगानस्तानसँग खेलेको थियो । जसमा तीनवटै खेलमा हार ब्योहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट, दोस्रो खेलमा अफगानस्तानसँग ७३ रन र अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?