+
+

नेविसंघको प्रश्न – कांग्रेस सरकारमा रहँदा कुशासन किन ? (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० मंसिर २८ गते ११:५२

२८ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको छ ।

एकपछि अर्को भ्रष्टाचार प्रकरण बाहिर आएको भन्दै नेविसंघले आज बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

पछिल्लो समय एनसेल प्रकरण बाहिर आएको र त्यसको छानबिन समिति औपचारिकतामा सीमित भएको बताउँदै नेविसंघले खबरदारी गरेको छ ।

नेविसंघले कांग्रेस सरकारमै भएका बेला भ्रष्टाचार प्रकरण बाहिर आएको भन्दै नेतृत्वमाथि प्रश्न समेत गरेको छ ।

विद्यार्थीहरूले ‘कांग्रेस सरकारमा रहँदा कुशासन किन ?’ भन्दै प्रश्न गरेका छन् ।

 

  

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?