+
+

मध्यपहाडमा बसाइँसराइ ठूलो चुनौती : एमाले उपाध्यक्ष पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १४:४०

३० मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी लोकमार्ग निर्माणमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

शनिबार तेह्रथुममा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले मध्यपहाडी लोकमार्गको केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको बताएका हुन् ।

‘पछिल्लो समय जसरी मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट हाल्ने र छिटो सम्पन्न गर्ने र यहाँका मानिसको जीवनस्तर उठाउन गर्नुपर्ने प्रयासमा जुन किसिमको ध्यान दिनुपर्ने हो त्यो दिइरहेको पाइएको छैन’, उपाध्यक्ष पाण्डेले भने, ‘केही ठाउँमा त बजेट नै यसवर्ष तोकिएको पैसा नै खर्च गर्न निकासा भइरहेको छैन भन्ने कुरा छन् । सरकारले यसलाई, यो हेलचेक्र्याइँलाई अन्त्य गरी तुरुन्तै यो बाटो सम्पन्न गर्न पैसा निकासा गर्नुपर्छ ।’

नेता पाण्डेले मध्यपहाडबाट भइरहेको बसाइँंसराई ठूलो चुनौती देखिएको बताएका छन् । बसाइँसराई रोक्न र यहाँकै विकासमा केन्द्रित हुन मध्यपहाडको भौगोलिक अवस्था अनुसारकै विकास मोडल अपनाउनुपर्ने उपाध्यक्ष पाण्डेको भनाइ छ ।

‘बस्ती विकास, शहर, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्न सक्छ’ उनले भने । ग्रामीण क्षेत्रमा रोजगारी बढाउन सकेमा बसाइँसराइ रोकिने पनि उनको धारणा छ ।

एमाले उपाध्यक्ष पाण्डेले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाइएको पनि बताए । ‘यसलाई पार्टीले राजनीतिक रुपमा, सकारात्मक रुपमा त्यो विश्वासलाई राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?