+
+

हाँच्छ्युँ रोक्नु यसकारण खतरनाक हुन्छ

एजेन्सी एजेन्सी
२०८० पुष १ गते १३:०९

आफ्नो हाँच्छ्युँ रोक्न खोज्दा एक व्यक्तिको गलाको भित्री भाग चोटग्रस्त बन्यो । सो घटनापछि डाक्टरहरुले हाँच्छ्युँ रोक्न नहुने भन्दै सचेत गराएका छन् ।

बेलायतको डन्डीमा बस्ने ३० वर्षीय एक व्यक्तिको घाँटीमा अत्यधिक दुखाई पश्चात् नाइनवेल्स अस्पतालमा भर्ना गरियो । उनले हाँच्छ्युँ रोक्नका लागि आफ्ना नाक तथा मुख बन्द गरेका थिए ।

जाँचका क्रममा हाँच्छ्युँ रोक्नका लागि नाक तथा मुख बन्द गरेका कारण उनको स्वासनलीमा २ मिलिमिटरको घाउ बनेको पत्ता लाग्यो ।

डन्डी विश्वविद्यालयका डाक्टरका अनुसार हाँच्छ्युँ आउने बेला मुख तथा नाक बन्द गर्दा श्वासनलीको माथिल्लो भागमा २० गुणासम्म दबाब बढ्नसक्छ ।

डाक्टरहरुका अनुसार यसो गर्दा व्यक्तिको कानको जाली फुट्न सक्छ । त्यस्तै रक्तनलीमा अप्रत्याशित तरिकाले उभार आउनसक्छ, जसलाई एनियुरिस्म भनिन्छ । अनि छातिको हड्डीसमेत टुट्न सक्छ वा कुनै गम्भीर चोट आउन सक्छ ।

मेडिकल विज्ञानसँग सम्बन्धित बिएमजे जर्नलमा यस विषयमा एक शोध प्रकाशित भएको छ । डाक्टरहरुका अनुसार जब उनीहरुले सो बिरामीको जाँच गरे तब उनको घाँटीमा छुँदा केही आवाज आइरहेको थियो, जसमा ती व्यक्तिको नियन्त्रण थिएन ।

जुनबेला ती व्यक्तिलाई हाँच्छ्युँ आयो त्यसबेला उनले कार चलाइरहेका थिए र सिटबेल्ट पनि लगाएका थिए । डाक्टरका अनुसार उनलाई पहिलेदेखि नै एलर्जी तथा घाँटीमा खसखस हुने समस्या थियो ।

हाँच्छ्युँले गर्छ शरीरको सुरक्षा

डाक्टरका अनुसार ती व्यक्तिलाई शल्यक्रिया गर्न भने आवश्यक परेन तथापि उनलाई केही बेरसम्म निगरानीमा राखेर उपचार गर्नुपर्यो । उनलाई दुखाई कम गर्ने औषधि दिएर अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

पाँच हप्तापछि जाँच गर्दा उनको उक्त घाउ पूर्णरुपमा निको भएको पाइउको थियो ।

बिएमजेमा छापिएको सो रिपोर्टका मुख्य लेखक डाक्टर रासेड्स मिसिरोब्सका अनुसार हाच्छिउँ मानव शरीरको रोग प्रतिरोधात्मक संयन्त्र अर्थात् प्राकृतिक सुरक्षा प्रक्रिया हो ।

यसको माध्यमबाट शरीरमा आउने इरिटेन्ट्स अर्थात् दु:ख दिने तत्वहरु नाकको बाटो हुँदै बाहिर निकालिन्छ । त्यसैले हाँच्छ्युँलाई कहिल्यैपनि रोक्नु हुँदैन ।

उनी भन्छन्, ‘हाच्छिउँका क्रममा भाइरस जस्ता इरिटेन्ट्स पनि थुक तथा म्युकससँगै नाकबाट बाहिर निस्किन्छन् । यी तत्वहरु आफ्नो नजिकको मानिससम्म नपुगुन् भन्नका लागि हामीले आफ्नो हात तथा कुहिनोको भित्री भागले नाकलाई छोप्नु पर्दछ ।’

डाक्टर रासेड्स मिसिरोब्सका अनुसार कहिलेकाही मानिसहरुले आफ्नो हाँच्छ्युँ रोक्नका लागि नाक र मुख बन्द गर्ने होइन अन्य विभिन्न उपायहरु पनि अपनाउँछन् ।
उनी भन्छन्, ‘म आफ्नो हाच्छिउँ रोक्नका लागि नाक बन्द गर्दिनँ । त्यसका लागि म अर्कै तरिका अपनाउँछु । मैले आफ्नो औंला नाकको तल माथिल्लो ओठमा राखेर केही सेकेण्डका लागि त्यस ठाउँमा दबाउँछु । यसो गर्दा हाच्छिउँ रोकिन्छ । यस्तोमा स्वास बन्द हुने अवस्था आउँदा समेत नाकबाट स्वास बाहिर जान पाउँछ ।’

डाक्टरहरुका अनुसार हाँच्छ्युँ रोक्नाले अचानक श्वासनलीमा गम्भीर चोट लाग्नसक्छ, जसलाई चिकित्सा भाषामा स्पन्टेनियस ट्रेकियल परफोरेसन भनिन्छ । यद्यपि यस्ता घटना कमै देखिन्छन् तथापि कहिलेकाही यो प्राणघातक समेत हुनसक्छ ।

यस्तो घटना बेलायतमा सन् २०१८ मा भएको थियो । हाच्छिउँ रोकेकै कारण लिसेस्टरमा एकजना व्यक्तिको गलामा घाउ भएको थियो । हाँच्छ्युँ रोकेको केही बेरमै उनको गलामा निकै दुखाइ भएको र कुराकानी गर्न तथा केही कुरा निल्नपनि समस्या हुन थालेको थियो । डाक्टरहरुले सात दिनसम्म पाइपको माध्यमबाट उनलाई खाना खुवाएका थिए ताकि उनको गला निको हुनका लागि समय मिलोस् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?