+
+

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ र पुलिसको जित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १९:१४

१३ वैशाख, काठमाडौं । सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार भएको पहिलो खेलमा विभागीय टिम आर्मीलाई हराउँदै एपीएफ क्लब विजयी भएको छ ।

दोस्रो खेलमा चन्द्रागिरि न्यू डायमन्डलाई हराउँदै पुलिसले जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा आर्मीमाथि ३–२ को जित निकाल्दै एपीएफले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।

पहिलो र दोस्रो सेट जितेको एपीएफले तेस्रो र चौथो सेट गुमाउँदै पाँचौं सेटमा बाजी मारेको हो । २५–२३, २५–२३, १३–२५, १४–२५ र १५–९ हुँदै एपीएफले आर्मीलाई हराएको हो ।

दोस्रो खेलमा पुलिसले पहिलो जित हात पारेको छ । पुलिसले १८–२५ ले पहिलो सेट गुमाउँदा २५–२२, २५–२२ र २५–१८ गर्दै पछिल्ला तीन सेट जित्दै प्रतियोगिताको पहिलो जित हात पारेको हो ।

पहिलो खेलमा पुलिस एपीएफसँग ३–१ ले पराजित भएको थियो । त्यस्तै आर्मी न्यू डायमन्डसँग समान ३–१ ले नै हारेको थियो ।

शुक्रबार पहिलो खेल पुलिस र आर्मीबीच हुनेछ भने दोस्रो खेल एपीएफ र न्यू डायमन्डबीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?