+
+

बागमती प्रदेश पालिकास्तरीय भलिबल हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १५:४४

३ वैशाख, काठमाडौं । बागमती प्रदेश पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही बैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना हुने भएको हो । प्रतियोगिताको सहआयोजककमा ललितपुर जिल्ला खेलकुद विकास समिति छ ।

प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको आयोजक कमिटीकी संयोजक डोल्मा माया गोलेले जानकारी दिइन् । । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा हुने छ ।

प्रतियोगितामा बागमती प्रदेशमा रहेका ११९ पालिकाका ८० भन्दा बढी टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । यस प्रतियोगिता नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने आयोजकको अपेक्षा गरिएको छ ।

कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ तथा सेमिफाइनलीस्टलाई १ लाख रुपैयाँ दिइने भएको छ ।

विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भरले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह आयोजक रहेको छ ।

प्रतियोगितामा नेपालको विभागीय टोलीबाट खेली सकेका तथा राष्ट्रिय टोलीबाट प्रतिनिधीत्व गरी सकेका खेलाडीलाई सहभागी हुन दिइने छैन ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको  प्रतियोगिताको संयोजक तथा महाङ्काल गाउँपालिका उपप्रमुख गोलेले जानकारी दिइन् ।

स्थानिय स्तरबाटै भलिबलका खेलाडीहरु उत्पादन गर्ने र पालिकामा भएका खेलाडीहरुको प्रतिभा पहिचान गर्दे उदेश्यले प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?