+
+

तिलोत्तमामा आजदेखि राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते ९:३०

२६ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमामा आजदेखि राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता शुरु हुँदैछ ।

करिव १६ वर्षपछि रुपन्देहीमा हुन लागेको राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश गरी १० टिमले भाग लिएका छन् ।

तिलोत्तमा–२ स्थित खेल मैदानमा हुने उद्घाटन खेल नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच हुने आयोजक मणिमुकुन्द भलिबल क्लबले जनाएको छ । शुक्रबारै हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश र एपीएफ क्लब भिड्ने छन् ।

नेपाल भलिबल संघका रेफ्री कमिस्नर पूर्ण प्रसाद चौलागाईंले प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने बताए ।

मैदानमा करिब ३ हजार दर्शक अट्ने अस्थायी प्याराफिट तथा कोर्ट निर्माण गरिएको छ । फागुन २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले र १ लाख ५० हजार, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?