+
+

सर्वोच्चबाट चोखै निस्कन चाहन्छु : प्रस्तावित न्यायाधीश पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १४:२७

१ पुस, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वोच्चबाट अवकाश हुँदा चोखो रहने आफ्नो चाहना भएको बताएका छन् ।

आइतबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले न्याय क्षेत्रमा ३० वर्ष काम गरेको र अब बाँकी साढे ६ वर्षको समय पनि निष्ठा र इमान्दारीमा रहेर काम गर्ने बताएका हुन् ।

प्रस्तावित न्यायाधीश पौडेलले भ्रष्टाचारले राज्यको आत्मा नै मार्ने आफ्नो धारणा रहेको पनि बताए । ‘हिंसाले राज्यको आत्मालाई अपांग बनाउँछ, भष्टाचारले राज्यको आत्मा नै मारिदिन्छ, मेरो अनुभूति त्यो किसिमको छ’ उनले भने, ‘आजसम्म ३० वर्ष काम गरेँ । निष्ठा र इमान्दार रहेर काम गरेँ, मेरो बाँकी साढे ६ वर्ष छ, चोखो भएरै निस्कन चाहन्छु ।’

यसअघि उच्च अदालतको न्यायाधीश रहेका पौडेलले अदालती शुल्कका कारण नेपालको न्याय महंगो नभएको बताए । समयमा मुद्दा सुनुवाइ नहुने, तारेख धाइरहनुपर्ने र वकिलको शुल्कका कारण न्याय महंगो भएको उनको भनाइ छ ।

‘अदालतमा लाग्ने शुल्कका कारण न्याय महंगो भएको होइन, महंगो हुनुको धेरै कारण छन् । विलम्ब भयो भने अदालत जानुपर्‍यो, बस भाडा चाहियो, वकिलको फि तिर्नुपर्‍यो’ उनले भने ।
कानुन व्यवसायीले पनि कसैले धेरै र कसैले कम शुल्क लिने गरेको गुनासो आएको भन्दै उनले यसलाई व्यवस्थित गर्न संसदले कानुन बनाउन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?