+
+

भियारियाललाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते ८:४९

२ पुस, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले भियारियाललाई ४-१ ले पराजित गरेको छ । यस जितपछि रियल जिरोनालाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियलका लागि जुड बेलिङघमले २५औं, रोड्रिगोले ३७औं, ब्राहिम डियाजले ६४औं र लुका मोडरिचले ६८औं मिनेटमा गोल गरे ।

भियारियालका लागि जे मोरालेसले ५४औं मिनेटमा एक गोल फर्काए ।

जितपछि रियल १७ खेलबाट ४२ अंक जोड्दै  शीर्ष स्थानमा उक्लेको हो । रियलले एक खेल कम खेलेको जिरोनालाई १ अंककले पछि पारेको छ । जिरोना १६ खेलबाट ४१ अंकसहित दोस्रोमा छ ।

तेस्रो स्थानको बार्सिलोनाको १७ खेलबाट २५ अंक छ । भियारियाल १७ खेलबाट १६ अंकसहित १४औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?